आर्थिक क्रान्तिको नेतृत्व गर्ने कांग्रेस बनाउने एजेन्डासहित विनोद चौधरीको उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदमा विनोद चौधरीले उम्मेदवारी दिएका छन्। उनले आफ्नो उम्मेदवारीलाई पार्टीको नेतृत्वमा पुस्तान्तरण, आर्थिक विकासलाई राजनीतिको केन्द्रमा स्थापित गर्ने र नेपाली कांग्रेसलाई समयअनुकूल आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्ने अभियानका रू...