रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य सम्भव देखिदैन : अध्यक्ष अग्रवाल
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी नेपालको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताएका छन् ।
भूमि, आवास तथा निर्माण क्षेत्रको मन्दी केवल घरजग्गा कारोबारमा सीमित नरही रोजगारी, बैंकिङ स्थायित्व, शहरी विकास र निजी क्षेत्रको लगा...