Below Menu
Below Menu

सहकारीको नामबाट जापानमा ‘मानव तस्करी’ !

सहकारीको नामबाट जापानमा ‘मानव तस्करी’ !

काठमाडौं : जापानमा आयोजना हुने सेमिनारमा सहभागी गराउने भन्दै फर्जी कागजात बनाएर सहकारीमार्फत जापान ‘मानव तस्करी’ भएको खुलेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र जिल्ला सहकारी लिमिटेड काठमाडौंको आयोजनामा सेमिनार गर्न लागिएको भन्दै दर्जनौं नेपाली नागरिकको भिसा आबेदन दिएको पाइएको हो । यसरी जापान भित्रिएका र भित्रिने प्रक्रियामा कति थिए भन्ने एकीन भने हुन सकेको छैन ।

काठमाडौं र काभ्रेका विभिन्न सहकारीमा कार्यरत कर्मचारीहरु सेमिनारमा सहभागि गराउने भनी आवेदन दिएको प्रमाण भेटिएको छ । काठमाडौं र काभ्रेका २० सहकारीमा कार्यरत कर्मचारीहरुलाई जापनका लागि आवेदन र ‘स्पोन्सर लेटर’ले वित्तीय पोस्टले प्राप्त गरेको छ ।

जिल्ला सहकारी लिमिडेट काठमाडौंको लेटरहेडमा जापन जानेको नाम, संस्थाको नाम र पद, पासपोर्ट नम्बरसहितको सिफारिस र ‘स्पोन्सर’ गरिएको छ । ती व्यक्तिहरुलाई जापान प्रवेश गराउन आवश्यक कागजातका लागि एनआरएनए जापानका पदाधिकारीको नामबाट नक्कली ‘स्पोन्सर लेटर’ तयार पारेको एनआरएनए जापानले जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले ‘मानव तस्करी’ प्रकरणमा संघ र त्यसमा आवद्ध पदाधिकारीको संग्लनता नभएको दाबी गरेको छ । मानव तस्करीमा संघ र पदाधिकारीको नाम जोडिएपछि एनआरएनए जापानका प्रवक्ता खगराज अधिकारीले साउन १० गते प्रेस विज्ञप्ती जारी गर्दै संस्थाको नाम, पद र आवश्यक कागजातको चरम दुरुपयोग भएको बताएका छन् । त्यस्तै जिल्ला सहकारी संघ काठमाडौंले पनि साउन ११ गते विज्ञप्ति जारी गरेको थियो ।

६ जुलाइमा राजधानी टोकियोमा एआरएनए र जिल्ला सहकारी लिमिटेड काठमाडौंको संयुक्त आयोजनामा सेमिनार गर्ने भनेर दर्जनौं नेपालीलाई जापान पु¥याइएको थियो। त्यहाँ उनीहरूलाई ‘शरणार्थी’आवेदन दिन लगाइएको थियो। यसप्रकरणमा एनआरएनए जापानका अध्यक्ष नवीन निउरे र उपाध्यक्ष सुवास लामिछानेको नाम जोडिएको थियो। प्रवक्ता अधिकारीले संघ र यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात बनाइ पर्यटन भिसामा ५० नेपालीलाई जापान पु¥याइएको जानकारी दिएका छन्।

त्यस्तै जुलाइ १३ गते कार्यक्रम हुने भनी विभिन्न सहकारीमा कार्यरत २० जना र सञ्चारकर्मी १ जना गरी २१ जनाको नाम कार्यक्रममा सहभागी हुने भनी जिल्ला सहकारी संघ काठमाडौंबाट भिसाको सिफारिस भएको प्रमाणले देखाउँछ । सहकारी संघको लेटरहेडमा कार्यक्रम निर्देशकको रुपमा प्रेम कुमार आलेले हस्ताक्षर गरेका छन् । आले युएम बचत तथा ऋण सहकारी संघको उपाध्यक्ष रहेको समेत खुलाएको छ ।

यसरी जापान भित्रिएका र भित्रिने प्रक्रियामा कति थिए भन्ने एकीन अझै हुन सकेको छैन । भित्रिएका र भित्रिने प्रक्रियामा रहेकाहरुबाट प्रतिव्यक्ति १२ देखि १७ लाख रुपैयाँसम्म लिएको बुझिएको छ ।

‘मानव तस्करी’ प्रकरणमा सहकारी संघ काठमाडौंको संलग्नता नरहेको बताएको छ । संघका अध्यक्ष सुमन केसी भने, ‘जापनमा हुने कार्यक्रमको लागि संघले कोही कसैलाई सिफारिस गरेको छैन । संघको लेटरहेड र छाप पनि कसैलाई दिएको छैन । संघका सञ्चालकहरु कोही पनि यसमा संलग्नता छैन ।’ संघको नाम दुरुपयोग भएको हुनसक्ने उनले बताए । संघको नाम दुरुपयोग गर्नेलाई कानुनी कारबाहीको लागि प्रक्रिया अघि बढाईने अध्यक्ष केसीले बताए ।

नेपालीलाई जापान लैजान प्रकमरणमा ओसाकामा बस्दै आएका समिर लामाको मुख्य भूमिका रहेको बुझिएको छ । कागजपत्र दुरूपयोग गरी गैरकानुनी रूपमा मानिसहरूलाई जापान लग्ने भन्दै ठगेको आरोपमा लामा पक्राउ परेका छन् । सोमबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको फ्लाइटमार्फत् जापानबाट काठमाडौं आएका समीर लामालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीलले पक्राउ गरेको हो । एनआरएनए जापानले जापानस्थित नेपाली दूतावासमार्फत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निवेदन पठाइएको थियो । उक्त निवेदनको आधारमा लामालाई नेपाल फर्काएर प्रहरीको जिम्मा लगाएको एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले बताए ।
 

Sponsored Advertisment

Advertisment

थप समाचार