राष्ट्रिय सभामा नारायण दत्त भट्टको कटाक्षः लोकतन्त्रको नाममा थिति, विधि र प्रक्रिया ध्वस्त
काठमाडौं : राष्ट्रिय सभाका सदस्य नारायण दत्त भट्टले वर्तमान राजनीतिक नेतृत्व र लोकतान्त्रिक अभ्यासप्रति कडा टिप्पणी गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टले सरकार र राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।
उनले प्रधानमन्त्री सुशिला कार्की प्रति संकेत गर्दै नागरिक अ...