Side Logo
Above Top News
ब्रोकर एसोसिएसनले भन्यो- ‘पुँजी बजारको भविष्य उच्वल छ, उच्च मनोवल र संयमित भएर कारोबार गर्नू’
नेपालमा नोटबन्दीबारे बहस सुरु: कालो धन नियन्त्रण कि वित्तीय विपत्ति ?
राजनीतिक संवाद नहुँदा निर्वाचनको संशय कायमैः आयोग सक्रिय, दल निष्क्रिय !
जेन-जी आन्दोलनले बागमतीमा ८९ करोडको क्षतिः पुनर्निर्माणमा जनस्तरबाट चासो, सरकार निष्क्रिय
ब्रोकर एसोसिएसनले भन्यो- ‘पुँजी बजारको भविष्य उच्वल छ, उच्च मनोवल र संयमित भएर कारोबार गर्नू’
ब्रोकर एसोसिएसनले भन्यो- ‘पुँजी बजारको भविष्य उच्वल छ, उच्च मनोवल र संयमित भएर कारोबार गर्नू’
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ । ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र &...
तीन अर्ब ३० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
तीन अर्ब ३० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ अक्टोबर ३०, देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपम...

Sponsored Advertisment

झन्डै १६ सय नेपाल प्रहरीमा खुल्यो भर्ना
झन्डै १६ सय नेपाल प्रहरीमा खुल्यो भर्ना

काठमाडौं : नेपाली प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।

१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ हजार ९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन् ।

जवान, हजाम र कुचीकारका लागि सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सकिनेछ ।

खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा बुझाउनुपर्नेछ ।