जेनजी आन्दोलनको क्षतिः बीमा कम्पनीहरूद्वारा पाँच अर्ब १८ करोड दाबी भुक्तानी, २३ अर्बको दाबी
काठमाडौं : हालैको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको राहतस्वरूप निर्जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, यो रकम आन्दोलनका क्रममा परेका कुल दाबी संख्या र रकमको प्रारम्भिक हिस्सा हो।
प्राधिकरणक...