विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै
संयुक्त राष्ट्रसङ्घ : बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारको ‘भविष्...