गाईघाट : नेपालीहरुको महत्वपूर्ण चाड दशैं नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दशैं नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् ।
गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार...