काठमाडौं : सरकारले यस वर्षको चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले दशैँ, तिहार, छठ पर्व लगायतका चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए...