युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ, ‘आकांक्षा’ थिममा सार्वजनिक गरे भावी कार्ययोजना
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छन् । काठमाडौंमा साउन ४ गते शुक्रबार सम्पन्न मञ्चको २०औं वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध...