निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, राष्ट्र निर्माणको साझेदार हो: राष्ट्रपति पौडेल
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्षको यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यो समारोह केवल एउटा संस्थाको उत्सव मात्र होइन यो नेपालका निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिको क्षण हो । यस अवसरमा म चेम्बरका पदाधिकारी, सदस्य, सुभेच्छुक र सम्पूर्ण उद्यमी व्यवसायीमा हार्द...