Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका ५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कुमारी सबल योजना कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य २.९६ प्रतिशतले बढेको हो । आज कुमारी बैंक डिबेञ्चरको शेयरमूल्य ५.०९ प्रतिशतले घटेको छ । 
 

थप समाचार