दमौली : नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनह...