काठमाडौं : नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार नेपालमा शंकास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ।
प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गत...