काठमाडौं : १६औं गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२ र २०६३ को जगमा गणतन्त्र घोषण...