काठमाडौं : सिद्धार्थ म्युचुअल फण्डद्धारा सञ्चालित दुई योजनाले इकाईधनी पुस्तक खाता (बुक क्लोजवको मिति तय गरेका छन् । प्रतिफल वितरण प्रयोजनका लागि सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका हुन् । जस अनुसार भदौ १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
सिद्धार्थ इक्विटी फण्डले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले हुने आउने ७ करोड २६ लाख रुपैयाँ प्रतिफल दिने भएको छ । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम –२ ले इर्काईधनीहरुलाई करसहित ६.५ प्रतिशतका दरले हुन आउने ७ करोड ८० लाख रुपैयाँ प्रतिफल दिने घोषणा गरेको छ । उक्त कम्पनीहरुको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको छ ।
Advertisment