पशुपति क्षेत्र सुधारको दाबीसहित हुमागाईंको उम्मेदवारी, सातबुँदे कार्ययोजना सार्वजनिक
काठमाडौं : कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदका लागि उम्मेदवारी दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको रोष्टर प्रक्रियामा उनले पशुपति क्षेत्रको सुधार र व्यवस्थापनका लागि सातबुँदे कार्ययोजन...