कृषि र वन मन्त्रालयको १०० दिन: उखु किसानलाई डेढ अर्ब भुक्तानी, कार्बन व्यापारबाट सवा अर्ब आम्दानी
काठमाडौं : वर्तमान सरकार गठन भएको १०० कार्यदिन पूरा भएको अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले आफ्नो कार्यकालमा हासिल गरेका प्रमुख उपलब्धि, नीतिगत सुधार तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ ।
बिहीबार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गित...