शिक्षामा रूपान्तरणः ‘फलाम तातिँदा नै पिट्नुपर्छ–अवसर चुकाउँदा सम्भावनाको ढोका आफैँ बन्द हुन्छ’
काठमाडौं : नेपालमा शैक्षिक क्षेत्रको वर्तमान अवस्थाले यतिबेला निराशा र अनिश्चितताको घना बादल ओढेको छ । तर त्यही क्षितिजमा एउटा नयाँ सम्भावनाको उज्यालो रेखा पनि देखापर्छ ।
लगातारको प्रतिभा पलायन, आन्तरिक असन्तुलन र संस्थागत विच्छेदनका बाबजुद, नेपालसँग एक अद्वितीय अवसर उपस्थित भएको छ—शिक...