Below Menu
Below Menu

स्ट्यानफोर्डको प्रतिष्ठित सूचीमा ३१ नेपाली वैज्ञानिक, डा. भीष्म कार्की पनि सामेल

स्ट्यानफोर्डको प्रतिष्ठित सूचीमा ३१ नेपाली वैज्ञानिक, डा. भीष्म कार्की पनि सामेल

काठमाडौं : अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरको सहकार्यमा तयार पारिएको सन् २०२५ का विश्वका सबैभन्दा प्रभावशाली शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको वार्षिक सूचीमा ३१ जना नेपाली वैज्ञानिकहरू पर्न सफल भएका छन्।
 
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिक डा। निरञ्जन कोइरालाका अनुसार, यस सूचीमा विभिन्न नेपाली विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थानमा कार्यरत नेपाली वैज्ञानिकहरू समावेश छन्।

उक्त सूचीमा त्रिभुवन विश्वविद्यालयका सात जना वैज्ञानिकहरू परेका छन्। तीमध्ये एक, डा भीष्म कार्की, आफ्नो उत्कृष्ट अनुसन्धान र योगदानका कारण विश्वका शीर्ष वैज्ञानिकहरूको सूचीमा पर्न सफल भएका छन्।

डा। कार्कीको यो उपलब्धि नेपालको वैज्ञानिक समुदायका लागि गर्वको विषय बनेको छ। उनले आफ्नो समर्पण, मेहनत र निरन्तर अनुसन्धान मार्फत नेपाली वैज्ञानिकहरूको क्षमता र सम्भावनालाई विश्वमाझ उजागर गरेका छन् । 

नेपालका अन्य शीर्ष वैज्ञानिकहरूसँगै डा. कार्कीलाई पनि सन् २०२५ का विश्वका सबैभन्दा प्रभावशाली वैज्ञानिकको रूपमा पहिचान गरिनु नेपाली विज्ञान क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

Advertisment

थप समाचार