प्रविधिमार्फत गाउँ गाउँमा सेवा दिँदै सहकारी, रेमिट्यान्सदेखि मोबाइल बैंकिङसम्मको सुविधा
काठमाडौं : प्रविधिको प्रयोग र पहुँचमा छोटो समयमै नेपालले ठूलो फड्को मारेको छ । कोरोना महामारी अगाडी समान्यरुपमा अगाडी बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढ्दो छ ।
छिटो छरितो काम हुन थालेपछि नेपालको वित्तीय क्षेत्र प्रविधिमैत्री बन्दै गएको छ । विगतदेखि नै प्रविधिको विकास र प्रयोगमा जोड...