संविधान संशोधनमा महासंघकाे माग : ‘राष्ट्रिय साझेदार’को मान्यतादेखि बोझिलो संरचना सुधारसम्म
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको दिगो आर्थिक विकास, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको व्यावसायिक सुरक्षाका लागि संविधानमा गर्नुपर्ने विभिन्न महत्वपूर्ण संशोधनहरू समेटेर सरकार समक्ष आफ्ना आधिकारिक सुझावहरू प्रस्तुत गरेको छ ।
वर्तमान संवैधानिक व्यवस्थाहरूले आर्...