राज्यको आँखा नपुगेको महाकाली: तुइनमा चुँडियो नारायणको सपना, स्वस्थानीको शिवशर्माझैँ नियति
दार्चुला : व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना) को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, “सुत्केरीका लागि लत्ताकपडा, प...