बाढीको पीडामा पत्रकार महासंघ बागमती प्रदेशको मल्हम, प्रभावित पत्रकार तथा परिवारलाई सहयोग
मकवानपुर : प्रकृतिको क्रूर रूप कतिसम्म निर्मम हुन सक्छ भन्ने ज्वलन्त उदाहरण रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले देखाइदिएको छ । नदी उर्लियो, बस्ती बगायो, घरबार उजाडिए । धेरै परिवारका सदस्य सम्पर्कविहीन भए । नागरिकका दुःख र पीडा शब्दमा उतार्ने पत्रकारहरू समेत यो विपत्तिबाट अछुतो...