काठमाडौं : बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर) को ग्यास बिक्री वितरण गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको...