काठमाडौं : बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर ऐन, २०६४ लाई समस...
कास्की : पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४२ आम्दानी गरि २३ करोड ६७ लाख खर्च भई ७ करोड ७५ लाख सञ्चालन बचत (नाफा) आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा १९.६० ले वृद्धि भएको हो । हाल सहकारीमा २७ प्रतिशत (४४ करोड २५...
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको छ । बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्षजनशक्तिको प्रबन्ध गरिएमात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने र आम नागरिकले सहज रुपमा सेवा पाउने भएकाले त्यसतर्फ ध्यान दिइएको हो ।...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले क्षेत्रगत कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा गरेका छन् । नेपाल राष्ट्र बैंकले समयावधि ताकेर उनीहरुलाई क्षेत्रगत कर्जा र विपन्न वर्ग लक्षित वर्ग कर्जाको लक्ष्य हासिल गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई...
काठमाडौं : सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ । परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको हो । ...
काठमाडौं : गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने÷तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गर...
अर्घाखाची । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । “झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो दिन सेयर बजार सूचक नेप्से ६३.२४ अंकले बढेर परिसूचक २२२७.१६ विन्दुमा पुगेको छ । आज कारोबार भएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३ सय ८ कित्ता सेयर किनबेच हु...
काठमाडौं : सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ । आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएको छ । नेपाल राष्ट्र बैंकले...
काठमाडौं : विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सविधा बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँचसम्म सटही सुविधा उपलबध गराउ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिर्क वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो । ‘बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा...
काठमाडौं : आवासीय घर कर्जाको सीमा २ करोड पुर्याइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आथिर्क वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । बैंकले मौद्रिक नीति मार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पु¥याइने जनाएको छ &n...
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो । ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । आज विहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो । समष्टिगत आर्थिक...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत असार मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैैंकको तरलता ३६.९९ प्रतिशत रहेको छ । यस अवधिसम्म बैंकको कुल ऋणी सहकारी सदस्य संख्या २ हजार ४७४ पुगेको छ भने कुल शेयर सदस्य संख्या १६ हजार ६० पुगेको छ । बैंकको शेयर...
काठमाडौं : कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) १२ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले १८ दिन अवधिका लागि ४ अर्ब र ९१ दिन अवधिका लागि ८ अर्ब ६० करोड...
काठमाडौं : वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक दे...
काठमाडौं : आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भ...
काठमाडौं : थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीकाे सञ्चालक समितिले शेयर कारोबार सम्बन्धी सम्पूर्ण कारोबार गर्नका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो । जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामस...
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आवको सोही अवधिको तुलनामा ४२.७१...
जुम्ला : जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ । राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ। राष्ट्र बैंक...