नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ ।
बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो...