२८ महिनादेखि शेयर रोकिएकोमा इप्पानको चर्को आपत्ति, तत्काल जारी नगरे 'सडक तताउने' चेतावनी
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जलविद्युत कम्पनीहरुको आईपीओ र हकप्रद शेयर निष्कासनमा विगत २८ महिनादेखि भइरहेको ढिलाइको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
धितोपत्र बोर्ड र सरकारले आफ्ना माग तत्काल सम्बोधन नगरे १५ दिनभित्र भर्चुअल र भौतिक आन्दोलनका...