ई–गभर्नेन्स ब्लुप्रिन्टः क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव
काठमाडौं : नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१’ मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे सुझाव दिएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), साइब...