गण्डकी : वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।
गुर...