Below Menu
Below Menu

खाँडादेवी जेसिजद्वारा लोम अफिसर तथा प्रि-इन्डक्सन तालिम

खाँडादेवी जेसिजद्वारा लोम अफिसर तथा प्रि-इन्डक्सन तालिम

काठमाडौं : खाँडादेवी जेसिजको आयोजनामा प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सफल रुपले सम्पन्न भएको छ।

खाँडादेवी जेसिजका शाखा अध्यक्ष जेसि बिनोद कुमार श्रेष्ठको अध्यक्ष्यतामा गरिएको उक्त तालिममा खाँडादेवि गाउँपालिका-१, राकाथुमका वडा अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, बागेश्वरी सानाकिसान कृषि सहकारीका सस्थापक अध्यक्ष रुद्र बहादुर श्रेष्ठको बिशेष आतिथ्यता थियो । प्रशिक्षक जेसि निस्ता गिरिको प्रशिक्षण रहेको थियो।

गिरिले जेसिज के होश्र कस्तो संस्था हो र जेसिजले के के काम गर्दछ ? पदाधिकारीहरुको भुमिकाहरुको बारेमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले खाँडादेवी जेसीजको हरेक कार्यक्रम प्रभावकारी रहेको र आगामी दिनहरुमा पनि सामाजिक रुपान्तरणको लागि खाँडादेवी जेसीजलाई आवस्यक सहयोग गरिने बताए ।

कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सरिता श्रेष्ठले गरेकी थिईन।

May be an image of 10 people, people standing, people sitting and indoor

Advertisment

थप समाचार