Below Menu
Below Menu

राष्ट्र बैंकले तोक्यो मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा

राष्ट्र बैंकले तोक्यो मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा तोकेको छ । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा तोकेको हो ।

राष्ट्र बैंकका अनु्सार मोबाइल एप्लिकेशन (क्युआर कोड समेत) प्रतिदिन ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङकाट प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न उक्त सीमाले बाध नपर्ने राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र राष्ट्र बैंकबाट अनुमतिप्राप्त तोकिए बमोजिमका विशेष भुक्तानी सेवाका लागि यो सीमा लागु नहुने समेत बैंकले जनाएको छ । 
 

Advertisment

थप समाचार