Below Menu
Below Menu

मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने 

मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने 

गैंडाकोट : नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।

आज बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो। केबलकारको बटम स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नंं ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए।

केवलकार मार्फत मौलाकाली  मन्दिरसम्म ५ मिनेटमै  पुग्नसकिने छ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५५० कायम गरिएको शाहले जानकारी दिए।

उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको लागि रु २७५ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ।

Advertisment

थप समाचार