Below Menu
Below Menu

बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?

बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउँदैन ।

बैंक तथा वित्तीय संस्थाको हकमा २०७९ माघ २६ गतेदेखि र लघुवित्त वित्तीय संस्थाको हकमा २०७९ चैत्र ३० गतेबाट यो व्यवस्था लागू भएको हो ।

बैंक तथा वित्तीय संस्था इ.प्रा. निर्देशन नं. २/०७८ को बुँदा ४० मा संशोधन गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न रोक लगाएको हो । त्यस्तै लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्था, लघुवित्तमा यो व्यवस्था लागू हुँदा सहकारीमा के हुन्छ? भन्ने बहस चल्न थालेको छ । यो विषयमा सहकारीको नियामक निकाय सहकारी विभागले केही बोलेको छैन । राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा सहकारी संस्था नहुने हुँदा राष्ट्र बैंकको निर्देशन सहकारीमा लागू हुँदैन ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेका अनुसार आजको दिनसम्म सहकारी संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउने बताए । फोटो प्रकाशन गर्न नपाउने व्यवस्था ऐन, नियमावलीमा व्यवस्था नभएको र सहकारी विभागले त्यस किसिमको कुनै पनि निर्देशन जारी भैनसकेको घिमिरेले बताए ।

Advertisment

थप समाचार