Below Menu
Below Menu

राष्ट्र बैंकले भन्यो- बहकाउमा लागेर बैंक तथा वित्तीय संस्थाको सेवा नलिनू

राष्ट्र बैंकले भन्यो- बहकाउमा लागेर बैंक तथा वित्तीय संस्थाको सेवा नलिनू

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा नलिन पनि आग्रह गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिबाना, कमिसन आदिका बारेमा सरल एवम् स्पष्ट भाषामा निःशुल्क रुपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । ग्राहकलाई सम्पूर्ण विषयमा सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व हो ।’

वित्तीय सेवाका सर्त तथा शुल्कका बारेमा प्रश्न गर्दा स्पष्ट जानकारी नपाइएमा सम्बन्धीत संस्थाका गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गराउन समेत राष्ट्र बैंकले अनुरोध गरेको छ।

Advertisment

थप समाचार