Below Menu
Below Menu

युएईमा लोकप्रिय बन्दै इसेवा मनि ट्रान्स्फर

युएईमा लोकप्रिय बन्दै इसेवा मनि ट्रान्स्फर

काठमाडौं : पछिल्लो समय अर्थात् निकै ढिलो गरी रेमिट्यान्स सेवामा प्रवेश गरेको इसेवा मनि ट्रान्सफर युएई (संयुक्त अरब इमिरेट्स) मा रहेका नेपालीमाझ छोटो समयमै निकै लोकप्रिय बनेको छ । अवैद्यानिक हुण्डी कारोबार मौलाइरहेको समयमा रेमिट्यान्स कम्पनीको रुपमा छिरेको इसेवाले चुनौतिका बीच आफ्नो ब्राण्डलाई त्यहाँका नेपाली माझ लोकप्रिय बनाउन सफल भएको हो । पछिल्लो समयमा ‘मेरो डिजिटल देश’ अभियान ल्याएर विदेशमा रहेका नेपाली समुदायलाई आकर्षण गरिरहेको इसेवा मनि ट्रान्सफरले बजारमा रेमिट कम्पनीहरुमा आफ्नो गतिलो उपस्थिती बनाएकै कारण पनि नेपाली माझ भिज्न सहज भएको बताएको छ । 

विगत लामो समयदेखि युएईको दुबईमा रहेको एउटा स्टोरमा असिस्टेन्ट म्यानेजरको रुपमा काम गरीरहेको पोखराका वेलमान गिरी इसेवा मोबाइल एप भन्नेमात्रै बुझेकोमा अहिले इसेवा मनिटान्सफरको बारेमा आफु जानकार रहेको बताउँछन । ‘इसेवा मनिटान्सफरबाट नेपालमा पैसा पठाउँदा घर उपहार पाउने योजनाको बारेमा मलाइ पहिलेदेखि थाहा थियो यो योजनाले नेपाली माझ निकै खुसिको बहार ल्याएको छ’ गिरीले भने ।  

पैसा पठाएको भरमा काठमाडौंमा घर पाउने उपहार योजना धेरै राम्रो भएको बताउँने गिरी बैद्यानिक रेमिट्यान्समा जोड दिन इसेवाले राम्रो योगदान दिएको समेत भन्न हिच्किचाएनन् । युएईमा काम गरीरहेका विष्णु  गुरुङ्गलाई इसेवा मनिट्रान्सफरको घर पाउने योजनाको बारेमा पहिलादेखि नै जानकारी थियो  । ‘जता गएपनि इसेवा मनिट«ान्सफरले काठमाडौंमा घर दिन्छ रे भन्ने कुरा मात्रै नेपालीमाझ भइरहेको पाइन्छ थाहा नपाउने कुरै भएन’ गुरुङ्गले हामीलाई सुनाए ।  

इसेवालाई युएईमा धेरै नेपालीमाझ पुर्याउने भुमिकामा देखिएका रिलेसनसिप म्यानेजर इश्वर अधिकारी त्यसैपनि ईसेवा मनिटान्सफरमा नेपालीको आर्कषण रहेको बताउँछन् । यता मेरो डिजिटल देश अभियानमार्फत काठमाडौंमै सुन्दर घर दिने भएपछि बैद्यानिक रेमिट्यान्समा इसेवा रोज्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । इसेवा मनि ट्रान्सफर नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी तथा एफवान सफ्ट ग्रुप अन्तर्गतको रेमिटेन्स कम्पनीको रुपमा सन्चालित  संस्था हो । नपालको सबैभन्दा द्रुत गतिमा विकास हुने रेमिट्यान्स कम्पनी मध्ये एक मनि ट्रान्सफर कम्पनी ई सेवा भएको कम्पनीको दावी छ । 

युएईमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा लुलु एक्चेन्ज, अलफर्दान एक्चेन्ज, इमिरेट्स इण्डिया एक्चेन्ज, अल अन्सारी एक्चेन्ज, मनिग्रामबाट पैसा पठाउन र सिधै आफ्नो तथा आफन्तको नाममा रहेको नेपालको खातामा पैसा हाल्न सक्छन् साथै  इसेवा वालेटमा रकम हालेर मोवाइलमै प्राप्त गर्न सक्ने सुविधा समेत दिएको जनाएको छ ।  हालै इ सेवा मनिट्रान्सफरले मेरो डिजिटल देश भन्ने नारा सहित असोज ७ गतेदेखि आगामी जेठ ६ गतेसम्मको  अभियान सुरु गरेको छ ।

विश्वको जुनसुकै देशमा रहेका नेपालीले पनि इसेवा मनि ट्रान्सफर  मार्फत सिधै आफ्नो प्रिय पात्रको नाममा रकम ट्रान्सफर गर्न सक्ने र मनि ट्रान्सफरमार्फत आफ्नो र आफन्तको खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

यसरी इसेवा मनि ट्रान्सफर मार्फत खातामा  पैसा पठाउने तथा इसेवा वालेटमा रकम जम्मा गर्ने  ग्राहकले हरेक महिना सरप्राइज उपहार पाउने कम्पनीले बताएको छ । अवधिभरको एक जना भाग्यशाली ग्राहकले काठमाण्डौ उपत्यकाभित्र एउटा सुन्दर घर समेत उपहारमा पाउने कम्पनीको योजना अनुसार ईसेवाले घर समेत तयार गरिसकेको छ ।   

रिलेसनसिप म्यानेजर अधिकारीले आफुले हरेक ग्राहकलाई चुस्त र दुरुस्त सेवाको प्रत्याभुति दिने साथै जानकारी मुलक कार्यक्रमहरु समेत गरीरहेकाले मेरो जिडिटल देश अभियानमा धेरै सेवाग्राहिहरुको आकर्षण भएको बताएका छन् । इसेवा मनि ट्रान्सफर कम्पनी आफैँमा एउटा ब्राण्ड भइसकेकाले सहि सुचना र ढुक्क सेवा दिएर युएईमा रहेका नेपाली माझ ब्राण्डलाई कायम राखिराख्ने म्यानेजर अधिकारीले बताए ।

 

Advertisment

थप समाचार