काठमाडौं : मंगलबार एकै दिन बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब निक्षेप बाहिरिएको छ । मंगलबार साँझसम्म बैंक तथा वित्तीयमा ५४ खर्ब ७३ अर्ब पुगेको थियो । बिहीबारसम्म २५ अर्बले घटेर ५४ खर्ब ४८ अर्बमा आईपुगेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ। चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब ४९ अर्ब थियो। निक्षेप कम भएपनि सीडी रेसियो भने बढेको छ । मंगलबारसम्म ८५.२० प्रतिशत रहेको सीडी रेसियो ८५.४८ प्रतिशत पुगेको छ ।
अन्तर बैंक ब्याजदर ७ प्रतिशतनै कायम रहेको छ।
Advertisment