Below Menu
Below Menu

नबिल बैंकको खराब कर्जा २४० प्रतिशतले बढ्यो 

नबिल बैंकको खराब कर्जा २४० प्रतिशतले बढ्यो 

काठमाडौं : नबिल बैंकको खराब कर्जा करिब २४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको खराब कर्जा गत वर्ष १.१४ प्रतिशत थियो । चालु आर्थिक वर्षको चैत्र मसान्तमा बैंकको खराब कर्जा २.७३ प्रतिशत बिन्दुले बढेर ३.८७ प्रतिशत पुगेको छ।

खराब कर्जा बढेसँगै लोन लस प्रोभिजनिङका इम्प्रियरमेन्ट खर्च (खराब कर्जा तथा अन्य नोक्सानीका सम्वन्धी खर्च) पनि बढेको छ। पछिल्लो ३ महिनामा मात्रै बैंकले इम्प्रियरमेन्ट खर्च बापत  १ अर्ब ४४ छुट्याएको छ। चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ३३ करोड पुगेको छ। खराब कर्जाका लागि कर्जा नोक्सानीका लागि खर्च बृद्धि हुँदा नविल बैंकको नाफामा असर परेको छ।

हालसम्म बैंकको कुल ग्राहक कर्जा ३ खर्ब २३ अर्ब ५१ करोड पुगेको छ। गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३ खर्ब रहेको थियो। बैंक तथा वित्तीय संस्थातर्फको कर्जा प्रवाह भने गत वर्षको तुलनामा करिब १ अर्ब ३९ करोडले घटेको छ। गत वर्षको यसै अवधिमा १० अर्ब ३६ करोड बैंक तथा वित्तीय संस्थातर्फ कर्जा परिचालनमा रहेकोमा यो वर्ष ८ अर्ब ८७ करोडमा समित भएको छ। बैंकको निक्षेप संकलन यस अवधिमा ३७ अर्ब २६ करोड रुपैयाँले बढेको छ। हालसम्म बैंकको कुल निक्षेप संकलन ३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको साधारण रिभर्जमा १ अर्ब २ करोड, क्यापिटल रिडेम्सन रिजर्भमा ६९ करोड २५ लाख, विनियमदर उत्तरचढाव कोषमा २ करोड ७६ लाख, सीआएआरमा ४ करोड ८१ लाख र रेगुलेटरी रिजर्भमा १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा प्रति सेयर वितरणयोग्य नाफा १५.८९ प्रतिशत रहेको यस वर्ष ८.७३ प्रतिशतमा कायम भएको छ।

बैंकको नाफा ५२.५३ प्रतिशतले बढेको छ। 

Advertisment

थप समाचार