Below Menu
Below Menu

निजी क्षेत्रलाई बलियो पार्न व्यवसायिक एकताको आवश्यकता छ: अध्यक्ष ढकाल 

निजी क्षेत्रलाई बलियो पार्न व्यवसायिक एकताको आवश्यकता छ: अध्यक्ष ढकाल 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासङ्घ बलियो हुने बताएका छन् । महासंघको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले महासङ्घ व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा व्यक्त गरेका हुन्।

 “कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ” उनले भने, “तपाईंहरूका मुद्दाका साथमा महासङ्घ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौँ ।”

वस्तुुगत सङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मानमा महासङ्घले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई अध्यक्ष ढकालले बधाईसहित कार्यकालको सफलताको शुुभकामना दिए । उनले सदस्यहरूको समस्या समाधानमा महासङ्घले सदैव साथमा रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सही तथ्याङ्कको अभावका विषयमा महासङ्घले काम गर्ने बता ए । उनले तथ्याङ्क उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयाँ सोच र फरक ढङ्गले काम गर्न लागेको उनले जानकारी गराए । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुुझावअनुसार सहयोग गर्न महासङ्घ तयार रहेको विश्वास दिलाइन् । नेपाल जग्गा विकास सङ्घका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको सङ्कटलाई नयाँ मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको बताए । 

नेपाल शैक्षिक परामर्श सङ्घका अध्यक्ष शेषराज भट्टराई, नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुुमुदकुमार दुुगड, नेपाल गलैँचा उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष ई तेन्जिङ शेर्पा, नेपाल कफी व्यवसायी महासङ्घका अध्यक्ष ओमनाथ अधिकारी, नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुुमनमान ताम्राकारलगायतले  आफ्नो विचार प्रस्तुत गरेका थिए । 

Advertisment

थप समाचार