काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ घने चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment