काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई सय रुपैयाँले घटेको सुनको मूल्य स्थिर रहेको हो । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Advertisment