काठमाडौं : चिलिमे जलविद्युत्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.९२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ७५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै परियोजना खर्च बढेका कारण नाफामा असर परेको हो ।
गत असार मसान्तसम्म कम्पनीको विद्युत्त बिक्रीबाट हुने आम्दानी ४.४९ प्रतिशतले घटेर एक अर्ब १२ करोड ८६ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा कँपीले विद्युत्त बिक्रीबाट एक अर्ब १८ करोड १७ लाखद रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको परियोजना खर्च पनि बढेको छ । गत असार मसान्तसम्म कम्पनीको परियोजना खर्च १० करोड ९७ लाख रुपैयाँबाट बढेर १२ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको छ भने शेयर पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
Advertisment