कर प्रशासनमा इमेज परिवर्तन गर्न जरुरी छ
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्रे मार्केटलाई करको दायरामा ल्याउन राजस्वले गम्भिर ध्यान दिन आवश्यक रहेको बताएका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठी कार्यक्रमलाई गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले भने, ‘राजस्वको घटिरहेको छ । करको दायार बढाउनका लागि के कस्ता समस्याहरु छन् त्यसतर्फ ध्यान दिनुपर्छ । ग्रे मार्केटमा रहेका ४० प्रतिशतलाई करको दायरामा ल्याउन गम्भिर ध्यान जाओस् ।’
यसका साथै अर्थमन्त्री महतले कर प्रशासनमा इमेज परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । उनले भने, ‘सम्पूर्ण स्रोत जुटाउने जिम्मेवारी अर्थमन्त्रालयको छ । राजस्व तर्फको आधा जिम्मेवारी तपाईहरुको छ । आन्तरिक राजस्वको जुन जिम्मेवारी छ त्यसलाई गम्भीरताका साथ लिनुहोला । कर प्रशासनमा इमेज परिवर्तन गर्न जरुरी छ । रावस्वको लक्ष्य घटाउने छुट छैन ।’
त्यसैगरी अर्थमन्त्री महतले राजस्वमा सुधार ल्याउनका लागि करको दायरामा आउने सम्भावना भएकाहरुलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । ‘आगामी दिनमा राजस्वको लक्ष्य पूरा गर्न के कस्ता समस्या छ र त्यो समस्यालाइ कसरी सम्बोधन गर्न सकिन्छ भनेर सम्पुर्ण ध्यान दिन आवश्यक छ । हामी विद्युतीय सवारी आयातमा लागि रहेकाले भन्सार रावस्व पहलिे जति आउँदैन । सम्भावना भएकाहरुलाई करको दायरामा ल्याउनुपर्छ ।
यसका साथै अर्थमन्त्री महतले नेपालमा कर छलि गर्नेहरुको संख्या धेरै रहेको बताए । उनले भने, ‘तथ्यांक हेर्दा सानो संख्याले कर तिरिरहेको देखिन्छ । त्यो भन्दा धेरै करको दायरामा आउनु पर्नेछ । उनीहरु पनि कर तिर्न सक्छन् । उनीहरुलाइ करको दायरामा ल्याउनु पर्छ ।’
यसका साथै विभिन्न व्यवसायी तथा कम्पनीहरुले बढी कर तिर्न तयार भएपनि भ्याटमा आउन नचाहनेको खोजी गर्न आवश्यक रहेको बताए । उनले भने, ‘कर बढी लगाउँदा तिर्न समस्या नहुने तर, भ्याट थप गर्दा समस्या किन यसको खोजी गर्नु पर्छ ।’
कर तिर्नु पर्ने भएर पनि विभिन्न बहाना बनाएर करको दायरामा नआएकाहरुलाइ छुट दिन नहुने उनको भनाई छ । ‘बहाना बनाएर करको दायरामा नआएकाहरुलाइ छुट दिनु हुदैन, यसो गर्न दियो भने अरु करदाताहरु पनि भाग्न सक्छन् । हाम्रोमा सानोतिनोलाई लछारपछार पार्ने तर अनेक चलखेल गर्छ उसलाइ के गर्ने हो, उसलाइ केही गर्नी र ? भन्ने होइन, करको दायरामा ल्याउने गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले निजी क्षेत्रप्रति आक्रोश समेत पोखेका छन्् । अर्थतन्त्रबारे नकारात्मक हल्ला फैलाएको भन्दै निजी क्षेत्रप्रति रुष्ट बनेका हुन् । उनले भने, ‘अर्थतन्त्र सकारात्मक बाटोमा हिँडेको छ । ब्याजदर घटेको छ । राष्ट्र बैंैकबाट पनि केही नीतिगत सुधार आउँछन् । अर्थतन्त्र गम्भिर मोडमा पुगेको छ भन्नु गलत हो ।’
सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधै नकारात्मक बाटोमा गयो भन्नु गलत रहेको उनको भनाई छ । उनले भने, ‘अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । निजी क्षेत्रले सम्पुर्ण खराब छ भन्नू हुदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । हामी सकारात्मक दिशामा जानू पर्छ, यसो गर्न सकेमा मुलुक राम्रो गतिमा जान सक्छ ।’
अर्थतन्त्र सुधार तर्फ जाने दावी गर्दै उनले भने, ‘निजी क्षेत्रले गरेका नकारात्मक कुराहरु म तोकप्रिय हुन्छ । गम्भिर र सिरियस कुराहरुका मेन स्ट्रिममा आउँदैन । अर्थतन्त्रमा पैसाको कमी छैन । बैंकहरुमा पैसा धेरै छ तर, नकारात्मक हल्लाका कारण निकाल्न डराई रहेका छन् ।’
हल्लाको पछि मात्र लाग्न नहुने भन्दै उनले भने, ‘हामी नकारात्मक ग्रोथमा छैनौं । लगानी बढाउन तर्फ लागौं , पैसा आउँछ, रोजगारी सिर्जना हुन्छ । भनेजस्तो आर्थिक वृद्धिदर मात्र हासिल गर्न नसकेको हो । रफ्तार बढाउन नसकेको हो । यसका लागि सबैको हौसला आवश्यक छ ।’
आन्तरिक उत्पादनलाई बढाउन सरकारले दिएको सुविधा बिर्सन नहुने बताउँदै उनले भने , ‘आन्तरिक उत्पादनलार्य बढावा दिन सरकारले ल्याएको सुविधालाई बिसिर्ने, ट्रेड मात्र गरिरहने ? यो विरोधाभास हो । समस्या कहाँ छ यसमा केन्द्रीत भएर सार्थक छलफल गर्नुहोस् ।’
Advertisment