काठमाडौं : हामी अर्थतन्त्र गम्भिर अवस्थामा छ भन्छौं तर, राज्यको तर्फबाट केही समस्या छैन भनिएको छ । अर्थतन्त्र झन् झन् गम्भिर बन्दै गएकाले यसलाई मनन गर्न आवश्यक छ । राजस्वको लक्ष्य थप गरिएको छ । सबैको काधमा जिम्मेवारी थपिएको छ । अहिलेको पस्थितिमा गत वर्षको जस्तै यस वर्ष पनि व्यापार बढाउन सक्ने स्थिति छैन । चालु आर्थिक वर्षको साउन महिनामा नै त्यसको आभास पाइसकेका छौं ।
सबैभन्दा धेरै व्यापार हुने दशै तिहारमा हो । तर, यो वर्ष व्यापार बढेर जाने स्थिति छैन । दशै तिहारमा व्यापार बढाउन एलसी खोल्ने र स्टक बढाउन कुरा थियो । यसो गर्न नसकेको अवस्था छ ।
राजस्वको लक्ष्य लिइएको छ तर, लक्ष्य पुरा हुन चुनौती छ । राजस्वको लक्ष्य हरेक वर्ष बढाउँदै लगिएको छ । खर्च व्यवस्थापनका लागि यो आवश्यक पनि छ । तर, अहिले राजस्वको लक्ष्यवृद्धिलाई धान्न सक्ने अवस्था छैन । यसमा सोच्नुुपर्छ ।
अन्य देशको तुलनामा नेपालमा कर र कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात धेरै भएको छ । हाम्रो मुलुकमा उद्योग व्यापार फस्टाउन नसकेका कारणले पनि करका दर बढेको तर, यसरी नै बढाउदै जाने हो भने धान्न सक्ने सक्ने स्थिति हुन्छ की हुदैन । सोच्नुपर्ने स्थिति छ ।
व्यवसायीहरु मारमा परेका छन् । बजेटले पनि व्यापारीहरु पुरा गर्न सकेको छैन । केही कुराहरु सम्बोधन भएपनि व्यवसायीका धेरै गुनासोहरु सम्बोधन हुन सकेका छैनन् । हामीले मन्त्रालय र सम्बन्धीत निकायहरुमा ध्यानाकर्षण पनि गराईरहेका छौं । करको कुरा गर्दा पनि एफपिओ, मर्जर, धितोपत्र र जग्गामा पनि पनि जुन करको कुरा छ । त्यसले व्यवसायीमा कन्फिडेन्ट लुज गरेको छ ।
यस्तै, विलासी करको कुरा पनि छ । हवाई टिकेटको कुरा अदालतले स्टे अर्डर पनि दिएको छ । विस्तारै टुरिजमहरु अगाडी बढेको बेला विलासी करले गर्दा व्यवसायीको मनोबल खस्किएको छ । अहिलेको परिस्थतिमा व्यवसायीहरु कन्फिडेन्स लुज गरेर बसेको अवस्थामा मनोबल बढाउने कुरामा सरकारले ध्यान दिन जरुरी छ । त्यस्तै, ढुवानीमा भ्याटको कुरा धागोको कटाइ र साना व्यवसायीहरुमा पनि जुन भ्याट लागु गरिएको छ । त्यसल गर्दा समस्या भएको छ । साना साना व्यवसायीहरुले भ्याट बिल रिफन्ड गर्न पनि गाह्रो भएको छ ।
अहिले व्यवसायीहरुमा पनि कन्फिडेन्स छैन । जनतामा पनि कन्फिडेन्स छैन । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । अर्थमन्त्री ज्युले निजी क्षेत्र लगायत बैंकिङ क्षेत्रलाई पनि बोलाएर छलफल गर्नुभएको छ । त्यो छलफल मात्र गरेर पुग्दैन । गाडी यदि हिलोमा फसेको छ भने । त्यसलाई धक्का मात्र दिए हुँदैन । उचाल्नु पनि पर्छ । अहिलेको समयमा अर्थतन्त्रलाई जोगाउनलाई व्यवसायीहरुको कन्फिडेन्स बढाउनका लागि अर्थतन्त्रको गाडी हिलोमा फसेको छ, धसिएको छ । त्यसकारणले उठाएर धकेल्ने मात्र होइन । उठाएर अगाडी जाने व्यवस्था गर्नुपर्छ ।
(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा राखेको मन्तव्यको अंश)
Advertisment