काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनी ३ अर्ब रुपैयाँ बढी घाटामा रहेको छ ।
अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको नोक्सानी ६२.३८ प्रतिशतले बढी हो । हो । अघिल्लो आवमा कम्पनी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको थियो भने गत आवमा कम्पनी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि वित्तीय खर्च बढेका कारण नाफामा असर परेको हो । गत असार मसान्तसम्म कम्पनीको विद्युत्त बिक्रीबाट हुने आम्दानी १४.२१ प्रतिशतले बढेर ८ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको । अघिल्लो आवको सोही अवधिमा कम्पनीले विद्युत्त बिक्रीबाट सात अर्ब ११ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत असार मसान्तसम्म कम्पनीको वित्तीय खर्च ५ अर्ब ७७ करोड ५ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३९ करोड २०लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा रहेको छ भने शेयर पुँजी १० अर्ब ५९ करोडरुपैयाँ रहेको छ ।
Advertisment