सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रदमा आजदेखि बिक्रीमा 

सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रदमा आजदेखि बिक्रीमा 

काठमाडौं : सिनर्जी पावर डेभलपमेन्टको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्रीमा ल्याएको आउने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले चुक्ता पुँजीको २ः१ को अनुपात अर्थात ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपश्चात चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुकक्लोज गरिसकेको छ ।

जस अनुसार साउन ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन  सक्नेछन्। कम्पनीका अनुसार लगानीकर्ताले हकप्रद शेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयर खरिदका लागि लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै सि आस्वा प्रणाली र मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
 

थप समाचार