काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आइतबार बिmत्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १३ लाख ९५ हजार ७० आवेदकले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये २ लाख २७ हजार ६६२ जनाले १०/१० कित्ताको दरले शेयर पाएका छन्। बाँकीको हात खाली भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर https://meroshare.cdsc.com.np/#/login मार्फत हेर्न सकिन्छ ।
Advertisment