Below Menu
Below Menu

भगवती हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने 

भगवती हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंगलबारदेखि सर्वसाधारणमा जारी गरेको आईपीओमाआवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल ११६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । उक्त आईपीओमा लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम रहेको जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख ९ हजार ९७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी गर्न लागेको कुल शेयरमा ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याइएको छ । बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासनमा ल्याएको शेयरमध्ये ८५ हजार ८१० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली निष्काशन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १९ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आवस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार