शतप्रतिशत हकप्रद निष्काशन गर्न ङादी ग्रुप पावरले पायो आयोगको स्वीकृति

शतप्रतिशत हकप्रद निष्काशन गर्न ङादी ग्रुप पावरले पायो आयोगको स्वीकृति

काठमाडौं : शतप्रतिशत हकप्रद निष्काशन गर्न ङादी ग्रुप पावरले  आयोगबाट स्वीकृति पाएको छ । विद्युत नियमन आयोगको शुक्रबार बसेको बैठकले कम्पनीलाई १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर एकको अनुपातमा हकप्रद जारी गर्न आयोगबाट स्वीकृति पाएको हो । ङादी पावरको हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ।

हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७० करोड २५ लाख रुपैयाँ पुग्नेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले उक्त हकप्रद शेयर जारी गर्नेछ। 
 

थप समाचार