आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद जारी गर्न आयोगको स्वीकृति 

आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद जारी गर्न आयोगको स्वीकृति 

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्न आयोगबाट स्वीकृति पाएको छ । विद्युत नियमन आयोगको बिहिबार बसेको बैठकले कम्पनीलाई १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः १.५ को अनुपातमा हकप्रद जारी गर्न आयोगबाट स्वीकृति पाएको हो । आँखुखोला जलविद्युत कम्पनीको हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले उक्त हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले हकप्रद शेयर बिक्रीबाट प्राप्त हुने रकम रकम गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्ने जनाएको छ । 
 

थप समाचार